वीर अस्पतालको ल्याब रिपोर्ट अब मोबाइलमै हेर्न मिल्ने


काठमाडौं – राजधानीस्थित देशकै पुरानो वीर अस्पतालका बिरामीले आफ्नो ल्याब रिपोर्ट मोबाइलमै हेर्न पाउने भएका छन् । अस्पतालले हालै आफ्ना ल्याब प्रविधि अनुकूल अपग्रेड गर्दै ईमेल तथा मोबाइलमा रिपोर्ट पठाउने सुविधा सुरु गरेको छ ।

यो सुविधासँगै रिपोर्ट लिन अस्पताल नै धाउनुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतले बताए । यसका लागि बिरामीले ल्याब परीक्षणको क्रममा फोन नम्बर वा ईमेल आईडी टिपाउनुपर्ने जनाइएको छ । यसपछि अस्पतालबाट प्राप्त लिंक खोलेर आफ्नो रिपोर्ट हेर्न सकिनेछ ।

प्रतिक्रिया