डा. बस्नेतको नेतृत्वसँगै वीरमा सुधारको संकेत, असफल बनाउने ध्याउन्नमा डा. गौतम पक्षधर


काठमाडौं । विगतमा भ्रष्टाचारको अखडा बनेको वीर अस्पतालमा पछिल्लो समयमा केही सुधारका लक्षण देखिन थाले पनि पुनः भ्रष्टहरू सल्बलाउन थालेका छन् ।

अध्यादेशमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताललाई कोभिड यूनिफाइड केन्द्रीय अस्पतालको नेतृत्व सम्हालेका डा. जागेश्वर गौतमको मनोमानी र अनियमितता सार्वजनिक भइरहेका थिए । तर, पछिल्लो शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकारले डा. गौतमलाई वीरबाट सरुवा गरेको छ ।

त्यसपछि वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा पूर्व निर्देशक डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएपछि सुधारका संकेत देखिन थालेको छ । तर पनि केही व्यक्तिहरूले बस्नेतको कार्यकाल असफल बनाउनका लागि भित्रभित्रै लागेको पनि वीरमा कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा भने । उनले भने, डा. बस्नेत आएपछि भने पुरै सुधार देखिएको छ, पहिले जहिले बन्द हुने सिटिस्क्यान, एमआरआई, प्याथोलोजी, इमर्जेन्सी सेवामा चुस्त रुपमा काम भइरहेको छ, सधैं यस्तै भए त बिरामीलाई पनि सहज हुन्थ्या ।’ उनले थपे, ‘केही भ्रष्टहरु भित्रभित्रै सल्बलाउन थालेका छन्, फेरी पहिले जस्तै हुने हो कि ?’, शंका व्यक्त गर्छन् । अहिलेको समयमा वीरस्पतालमा दैनिक २ हजार बढीले सेवा लिइरहेको अस्पताल स्रोतले जनायो ।

अहिले अस्पतालमा २४ सै घन्टा पीसीआर हुँदै आएको र टिकट काट्न पनि सहज भएको सेवाग्राहीले बताउँछन् ।

लामो समयदेखि वीर अस्पतालको खरिद एकाई र सामाजिक एकाईमा बसेर अकुत सम्पत्ति आर्जन गरेका केही भ्रष्ट कर्मचारीहरुले डा. बस्नेतलाई असफल बनाउन मेडिकल माफियामार्फत चलखेल गरेको वीर अस्पताल स्रोतको दावी छ ।

उक्त समूहले पुनः वीर अस्पतालको मेडिकल सामागी खरिद, कर्मचारी भर्ना र ठेक्कामा गरिने कर्मचारी भर्नामा आफूनिकटसँग मिलेर एकलौटी गर्न खोजिरहेका छन् । उपकरण खरिदमा मेडिकल स्टोरका टिकाराम पनेरु र जनरल स्टोर तथा लेखा शाखा प्रमुख लोक बोहरा मेडिकल माफियासँग मिलेर डा. बस्नेतलाई असफल बनाउन लागि परेको वीरकै एक कर्मचारीले अनलाईन नेपाललाई बताए ।

आफू निकटका सप्लायर्सहरुलाई बोलाएर उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालयल र डा. वस्नेतलाई मिलाउने जिम्मा हाम्रो भयो दररेट मिलाएर ल्याउ भन्दै खुलमखुल्ला चुनौती दिन थालेका छन् ।

जसले गर्दा वीरका केही कर्मचारीहरुले अहिले लेखा प्रमुख बोहराको सरुवा, मेडिकल स्टोर माथि अनुगमन र वीरबाट सरुवा भएका कर्मचारीहरुको रमाना लगायतको माग राखेर स्वास्थ्य मन्त्रालय र सचिवलाई निवेदन दिने तयारी गरिरहेको समेत स्रोत बताउँछ ।

प्रतिक्रिया