प्रशासकीय प्रमुख डा. लोहनीलाई अस्पताल छिर्न नदिने भन्दै वीरका कर्मचारी आन्दोलित


काठमाडाैं –  कोभिड युनिफाइड अस्तपाल (वीर अस्पताल) को प्रशासकीय प्रमुखको जिम्मेवारी पाएका डा. गुणराज लोहनीविरुद्ध कर्मचारीहरु विरोधमा उत्रिएका छन् ।  डा.लोहनीलाई अस्पताल छिर्न नदिने भन्दै त्यहाँका विरोधमा उत्रिएका हुन् ।

कर्मचारी समस्यालाई जस्ताको तस्तै राखेर नेतृत्व मात्रै पटक–पटक परिवर्तन गरिएको कर्मचारीको भनाइ छ। अवकाश पाउन केही समय मात्रै बाँकी रहेका डा. लोहनीलाई अस्पालको नेतृत्वमा ल्याउन उपयुक्त नभएको विरोधमा उत्रिने कर्मचारीहरुको भनाइ छ ।

वीर अस्पताल परिसरमा लोहनीलाई प्रवेश गर्न नदिने भन्दै कर्मचारीहरु कालोमोसोसहित प्रर्दशनमा उत्रिएको एक कर्मचारीले जानकारी दिए । उनीहरूका अनुसार स्वास्थ्य मन्त्रालयको नीति तथा अनुगमन विभाग प्रमुखमा रहँदा डा. लोहनी न्याम्स विरोधी गतिविधिमा संलग्न रहेकाले त्यस्ता व्यक्तिबाट अस्पताल सुधार नहुनेभन्दै कर्मचारीहरु विरोधमा उत्रनुपरेको बताए ।

वीर अस्पतालको सुधारका लागि वजेट तथा विभिन्न कार्यक्रम प्रस्ताव गर्द लोहनीले अस्विकार गर्ने भएकाले उहाँबाट अस्पतालको सुधार नहुने आरोप ती कर्मचारीको छ।  ‘यसअगाडि स्वास्थ्य मन्त्री तथा सचिवले वीरको प्रमुखको जिम्मेवारी दिँदा त्यतिबेला आउन नमानेको तर अहिले ५ महिनाजत्ति मात्रै कार्यकाल बाँकी हुँदा आउनुको रहस्य के ?’  हामी जवाफ मागिरहेका छौं, हामी लोहनीलाई हाजिर गर्नै दिदैनौं, ती कर्मचारीले भने ।

अस्पतालबाहिरबाट आउने नेतृत्वले अस्तपताल सुधार गर्न नसक्ने भएकाले भित्रैबाट नेतृत्व छान्ने पर्ने माग उनीहरुको छ । कोभिड युनिफाइड अस्पतालको प्रशासकीय प्रमुखको लागि १२औँ तहको योग्यता तोकिएको छ ।

युनिफाइड अस्पताल स्थापना भएपछि सुरुमा प्रा.डा.जागेश्वर गौतमलाई नेतृत्वमा ल्याइएको थियो । पछि गौतमलाई हटाएर ११औँ तहका डा.भुपेन्द्र बस्नेत निमित्तको जिम्मेवारी दिइयो । गत महिना मात्रै १२औँ तहमा बढुवा भएका डा.लोहनीलाई स्वास्थ्य मन्त्रालयले वीरको प्रशासकीय प्रमुखमा नियुक्त गरेको हो ।

प्रतिक्रिया