भक्तपुरमा बन्न लागेको बीर अस्पतालका लागि कुनै निकायवाट बाधा हुँदैन : अर्थमन्त्री पौडेल


भक्तपुर – अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको बीर अस्पतालको बिस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताएका छन् ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बिस्तार गर्न लागिएकोे निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायवाट बाधा नहुने बताएका हुन् ।

उनले वीर सम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने बताएका छन् । आगामी ६ महिना भित्रमा विजुली पानी तथा अत्यावश्यक सेवा उपलब्ध गराउने समेत उनले जानकारी दिए । उनले सडक डिभिजन, विद्युत प्राधिकरण,खानेपानी तथा अन्य निकायका सचिव तथा सम्वन्धित निकाय तथा वीरका पधाधिकारीहरूलाई साथै स्थानीय निकायका प्रमुखलाई पनि ६ महिना भित्र प्रगती प्रतिवेदन पेश गर्न आग्रह गरेका थिए ।

अर्थमन्त्री सँगै स्थलगत अवलोकनमा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले वीर अस्पताल जस्तो ठुलो प्रोजेक्टमा यथाशिघ्र काम थालनी गर्न आफूहरू दिलो ज्यान भएर लागेको बताए । उनले दुवाकोट बासीले यस कामलाई आफ्नै ठानेर सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया