नेपाल प्रहरीका ६ एसपीको काज सरुवा: तीन जिल्लाका प्रमुख फेरिए


काठमाडाैं – प्रहरी प्रधान कार्यालयले ६ प्रहरी उपरिक्षक (एसपी) हरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ । सिन्धुपाल्चोकमा रामेश्वर प्रसाद यादव र ऋषिराम कँडेललाई पश्चिम नवलपरासीमा काज सरुवा गरिएको छ ।

सिन्धुपाल्चोकमा कार्यरत राजन अधिकारीलाई अख्तियारमा सरुवा गरिएको छ । पश्चिम नवलपरासीमा कार्यरत मनोजकुमार यादवलाई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय, पोखरामा सरुवा गरिएको छ । मोरङमा कार्यरत एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा काज सरुवा गरिएको छ ।

अर्को आदेश नआएसम्मका लागि उनीहरुलाई काज खटाएको स्थानमा हाजिर हुन कार्यालयले निर्देशन दिएकाे छ ।

प्रतिक्रिया