नेप्सेमा ३१ लाख २८ हजार कित्ता बोनस सूचिकृत


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार  साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसारकाे कम्पनीको २५ प्रतिशत बोनस बापतको ३१ लाख २८ हजार ८ सय २७ दशमलव ४५५२ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

प्रतिक्रिया