आचारसंहिता लागू नगर्न सर्वोच्चले दियो अल्पकालिन अन्तरिम आदेश (आदेशसहित)


काठमाडौं – सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि जनप्रतिनिधिले मनोनयन अघि राजीनामा दिनुपर्ने उल्लेख भएकोमा सोविरुद्ध परेको रिटमा मंगलबार भएको सुनुवाई पछि सर्वोच्चले उक्त आदेश दिएको हो ।

आयोगले जारी गरेको आचारसंहिताको विरुद्धमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका थिए ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले  शेर्पाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाउसहित यस्तो आदेश जारी गरेको हो।

 

प्रतिक्रिया