नेपालमा एकैदिन ४८१ कोरोनामुक्त, थप ४४ जनामा कोरोना पुष्टी


काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ३५ जना र एन्टिजेन परीक्षणबाट ९ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा पीसीआर ४ हजार ४९५ र २ हजार ९९ एन्टिजेन गरी ६ हजार ५९४ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

४८१ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा  १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ११ दिनपछि नेपालमा कोरोनाबाट मृत्यु भएको हो । यसअघि फागुन २७ मा कोरोनाबाट मृत्यु हुनेको स‌ख्या १ जना थियो । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार त्यसयता कोरोनाबाट कसैको मृत्यु भएको थिएन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६८८ रहेको छ।

प्रतिक्रिया