मूल्यवृद्धि फिर्ताको माग गर्दै सरकारलाई ज्ञापनपत्र


गुल्मी – पेट्रोलियम पदार्थमा गरिएको मृल्यवृद्धिको विरोधमा नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

संघको गुल्मी जिल्ला कमिटीका अध्यक्ष सुरेश भण्डारीले आइतबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको घोर भत्र्सना गर्दै तत्काल फिर्ता लिन माग गरिएको छ । कोरोनाको महामारीका कारण थलिएका नागरिकलाई झनै पीडा हुने गरेर सरकारले पटक–पटक पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको युवा संघको आरोप छ ।

सरकार सत्ता टिकाउने र गठबन्धन कायम गरेर एमालेविरुद्ध कामभन्दा भ्रम छर्न उद्धत रहेकाले जनतामा आशाभन्दा निराशा बढिरहेको युवा संघले आरोप लगाएको छ ।

प्रतिक्रिया