नेपाल टेलिकमको ‘होली अफर’, २९४ रुपैयाँमा २० जिबी डेटा


फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु अफर उपलब्ध गराएको छ। यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ।

यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डेटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जिबी डेटा ३ दिन र २९४ रुपैयाँमा २० जिबी डेटा १० दिनका लागि उपलब्ध हुनेछ।

नेपालीहरूको महत्वपूर्ण पर्वहरू फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम हुनेछ।

यस अफरबाट सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । यो सुविधा *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर सुविधा खरिद गर्न सकिन्छ।

प्रतिक्रिया