होलीमा बालेनसहितका कलाकारहरुले प्रस्तुति दिने


काठमाडौं – होलीको अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा सांगीतिक कार्यक्रम हुने भएको छ । क्रममा चर्चित कलाकारहरुले प्रस्तुति दिने आयोजकले जनाएको छ ।

कार्यक्रममा काठमाडौं महागनरपालिकाबाट आगामी स्थानीय निर्वाचनमा मेयरको स्वतन्त्र उम्मेदवार घोषणा गरेका ‘बालेन शाह’ले समेत प्रस्तुति दिन लागेको आयोजकले जनाएको छ ।

एएमए इभेन्टस्का डाइरेक्टर सञ्जय लामाका अनुसार शाहसहित चर्चित र्यापर भिटेन, मिस्टर डी, सरकार र माइलालगायतले सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।

प्रत्येक वर्ष ए एम ए इभेन्टस्ले विभिन्न कार्यक्रमहरु गर्दै आएपनि कोरोनाका कारण विगत २ वर्षदेखि रोकिएको लामाले बताए । उक्त इभेन्टस्ले विभिन्न ठाउँहरुमा कार्यक्रमहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया