जापानमा शक्तिशाली भुईँचालो


टाेकियाे – जापानमा शक्तिशाली भुईँचालो गएको छ । जापानको फुकुसिमाको तटीय क्षेत्रभन्दा बाहिर केन्द्रबिन्दु बनाएर ७ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पपछि राजधानी टोकियोको केही क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । फुकुसिमामा २०११ मा ९ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको थियो ।

प्रतिक्रिया