देशभर थप ७३ जनामा कोरोना पुष्टी, १९२ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा गत २४ घन्टामा ७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ हजार ६२ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा १९२ जना कोरोनामुक्त भएका छन् भने कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् ।

पछिल्लो २४ घन्टामा देशभर १ लाख १ हजार ३ सय ४ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेको अवस्थामा नेपालमा ५ हजार ५० जना सक्रिय संक्रमित रहेको पनि  मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया