कर्णालीका मुख्यमन्त्री कँडेलले मागे विश्वासको मत


सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत मागेका छन् । बिहीबार प्रदेश सभाको बैठकमा बोल्दै उनले संसदमा रहेका सबै दलहरुसँग विश्वासको मत मागेका हुन् ।

‘म कुनै प्रश्न नउठ्ने गरि काम गर्नेछु । मेरो प्रतिबद्धता भनेको कर्णालीलाई समृद्धिको बाटोमा लैजाने नै हो । कर्णालीको विकास, समृद्धिको यात्राको सम्बन्धमा विगत छ वर्षदेखि अहिले पनि तपाईँहरु सँगसँगै मिलेर काम गरिरहेको हुनाले तपाईँहरूको भरोसा बमोजिम काम गर्न थप हाैसलाका लागि सबै माननीयले विश्वास गर्नु हुनेछ ’ उनले भने ।

प्रतिक्रिया