रास्वपा संसदीय दलको बैठक आज


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दै छ। बिहान ८ बजेका लागि बैठक बोलाइएको हो।

बैठकमा प्रमुख प्रतिपक्षी दल लगायतले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा प्रस्तुत हुने रणनीतिलगायत विषयमा छलफल हुनेछ

संसद्को बजेट अधिवेशन वैशाख २८ गते शुरु हुँदैछ। गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी अपलचनमा संलग्न रहेको आरोप लगाउँदै कांग्रेसले छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ। अघिल्लो अधिवेशनमा सदनमा अवरोध गर्दै आएको उसले समिति नबने बजेट यो अधिवेशन पनि चल्न नदिने बताएको छ ।

यही सेरोफेरोमा रास्वपाको बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ।

 

प्रतिक्रिया