माधव नेपालले बोलाए संसदीय दलको बैठक


काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् । आन्तरिक राजनीतिमा एकाएक उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राखेर पार्टीले संसदीय दलको बैठक बाेलाएको बताइएको छ ।

आज अपरान्ह बस्ने बैठकमा आन्तरिक राजनीतिको समग्र विषयमा छलफल हुने जानकारी दिइएको छ ।

सत्तारुढ दल जनता समाजवादी पार्टी हिजो विभाजन भएपछिको अवस्थामा राजनीतिक समीक्षा गर्न एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेको हो ।

प्रतिक्रिया