धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु


कैलाली- कैलालीको धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार धनगढी उपमहानगपालिका – ९ की ६० वर्षीय राजु देबि बोहराको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा घरेका थिए ।

प्रतिक्रिया