वैकल्पिक गठबन्धन बनाउने प्रयासले जसपा फुटेको होइन: काँग्रेस


काठमाडौँ – नेपाली काँग्रेसले नेकपा एसका अध्यक्ष उपेन्द्र यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर सरकार ढाल्न वैकल्पिक गठबन्धन बनाउने प्रयासकै कारणले जसपा विभाजन भएको भन्ने कुरालाई अस्वीकार गरेको छ।

काँग्रेसका उपसभापति धनराज गुरुङले अध्यक्ष यादवप्रतिको असन्तुष्टिको कारणले नै जसपा फुटेको दाबी गरेका छन्। उनले भने, ‘सत्ताको चलखेलको कारणले मात्रै जसपा विभाजित बनेको होइन। उपेन्द्रप्रति पार्टीभित्र ठूलो विमति थियो। म कानून मन्त्री हुँदा पनि दलसम्बन्धी विधेयकबारेको छलफलमा उपेन्द्रजीले संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशत वा होइन र नै राख्नुपर्छ भन्नुभएको थियो। मेरै पार्टीभित्र मलाई नै गाह्रो छ भन्नुभएको थियो। त्यसैले सत्ताकै कारणले मात्रै विभाजित बनेको होइन।’

माधव नेपाल र उपेन्द्र यादवले काँग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउने खोजेको भन्ने कुरा तर्क वितर्कमा आउने कुरा मात्रै भएको दाबी गरे।

प्रतिक्रिया