चीनमा पुलमा पानीजहाज ठोक्किँदा चारजना बेपत्ता


काठमाडाैं- दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा चारजना बेपत्ता भएको सहरको आपत्कालीन व्यवस्थापन विभागले बताएको छ ।

चालक दलका ११ सदस्य सवार जहाज जिउजियाङ पुलको घाटमा ठोक्किएर पछि डुबेको थियो । विभागका अनुसार तीमध्ये सात जनाको उद्धार गरिएको छ र चारजना बेपत्ता छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया