विश्व प्रेस स्वतन्त्रताको दिन पाकिस्तानमा पत्रकारको हत्या


काठमाडौं- पाकिस्तानको बलुचिस्तान प्रान्तमा एउटा गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा एक वरिष्ठ पत्रकार सहित तीन जनाको मृत्यु भएको छ । घटनामा आठ जना घाइते भएका छन् ।

वरिष्ठ पत्रकार तथा खुजदार प्रेस क्लबका अध्यक्ष मौलाना सिद्दिकी मेङ्गल आफ्नो कारमा पुग्दा खुजदार सहरको बाहिरी भागमा रहेको चोमरोक चोक नजिकै सडकको छेउमा राखिएको बम विस्फोट भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए । उनले भने,‘यस विस्फोटमा मौलाना मेङ्गल र अन्य दुई यात्रुको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।’

मेङ्गल जमियत उलेमा-ए-इस्लामको प्रान्तीय अधिकारी पनि थिए। उनी स्थानीय पत्रिका ‘वतन’का लागि पनि लेख लेख्थे। यो आक्रमण विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन भएको हो।

प्रतिक्रिया