कतारका राजा आउने भएपछि राजेन्द्र लिङ्देनले भने– नेपालमा पनि राजसँस्थाको पुनःस्थापना गरौँ


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीलाई नेपालमा स्वागत गर्न आह्वान गरेका छन् ।  उनले कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि मंगलबार दिएको सार्वजनिक बिदाले राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताएका हुन् ।

‘लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ। कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिइने कार्यक्रम छ’ लिङ्देनले प्रशंसा गर्दै भने, ‘नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो । हिनताबोध नगरौँ , नवीन समझदारी गरौं, नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गरौँ ।’

 

 

प्रतिक्रिया