लगानी सहजीकरण गर्न अध्यादेश ल्याउने सरकारको निर्णय


काठमाडौं- सरकारले लगानी सम्मेलनलाई लक्षित गरेर अध्यादेश ल्याउने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनलाई लक्ष्य गरेर सरकारले अध्यादेश सिफारिस गरेको हो ।

 

प्रतिक्रिया