५ दिनअघि उपभोक्ताले पाएको राहत ५ दिनपछि किसानलाई


काठमाडौं – पाँच दिनअघि भाउ घटेर उपभोक्ताले राहत पाए पनि अन्डाको भाउ बढेको छ । १९ वैशाखमा घटाएको कुखुराको अन्डाको भाउ नेपाल लेयर्स कुखुरा पालक संघले बढाएको हो ।

संघले अहिले बजार बिस्तारै बढेकाले किसानलाई राहत दिन भाउ बढाएको दाबी गरेको छ । संघले अन्डाको नयाँ समर्थन मूल्य १९ वैशाख बिहीबार अनुसार मिडियम साइजको प्रतिक्रेट ३ सय ३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ३ सय ७५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३ सय ९५ रुपैयाँ तोकेको थियो ।

२४ वैशाख सोमबारबाट मिडियम अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ५०, ठूलो अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ९५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट १५ बढाएर प्रतिक्रेटको ४ सय १० पुगेको छ ।

प्रतिक्रिया