माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माको जिम्मेवारी हेरफेर


काठमाडौँ – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माको जिम्मेवारी हेरफेर भएको छ । प्रदेश समन्वय समिति अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका शर्मालाई पार्टीले एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको नयाँ जिम्मेवारी दिएको हो ।

केहीअघि सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समितिलाई समग्र तीन प्रदेशमा विभाजन गर्ने निर्णयअनुसार पार्टीले शर्मालाई एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी दिएको हो ।

पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार शर्मालाई नयाँ जिम्मेवारी दिइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया