

नेप्सेले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडाैं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । नेप्सेले रिक्त रहेका विभिन्न पदहरुमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा विज्ञापन खुलाएको हो ।
नेप्सेले आन्तरिक प्रतियोगितातर्फ बरिष्ठ अधिकृत, उप–प्रबन्धक र सहायक प्रबन्धकमा कुल ४ जना कर्मचारी माग गरेको हो । सो पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको र एक तह मुनीको पदमा कम्तीमा तीन वर्ष सेवा गरेको हुनुपर्नेछ ।
यस्तै, खुला प्रतियोगितातर्फ अधिकृत, वरिष्ठ अधिकृत, प्रबन्धक र सहायक प्रबन्धक गरी कुल ६ जनाको लागि विज्ञापन खुलाएको छ । सो पदका लागि प्रशासन समूहतर्फ विश्वविद्यालयबाट स्नाकोत्तर उत्तीर्ण र प्राविधिक समूहतर्फका लागि सूचना प्रविधि, कम्प्युटर, इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने छ ।
इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक सम्पूर्ण काजगातसहित नेप्सेको वेबसाइटबाट फाराम डाउनलोड गरी २१ दिनभित्र नेप्सेको पदपूर्ति समितिको सचिवालय भद्रकाली प्लाजा, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

