

रुकुम पूर्वको जङ्गलमा भेटिए एक दर्जन बढी सकेट बम

काठमाडौं – रुकुम पूर्वको एक जङ्गलमा एक दर्जन बढी सकेट बम फेला परेका छन् । सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जङ्गलमा सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।
ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई जानकारी गराएका थिए । त्यसपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले कालो प्लास्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तो देखिने वस्तु फेला परेको बताए ।
सो क्षेत्रमा माओवादीको प्रभाव पर्ने भएकाले ती वस्तु द्वन्द्वकलामा लुकाएर राखिएका बम नै हुन सक्ने प्रहरीले जनाएको छ । शङ्कास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ ।

