मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने


काठमाडौं ।
मंगबार बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार भोली अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका हुन् । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

यस्तै मंगबार सेयर बजार कारोबार पनि बन्द हुने भएको छ । अब बुधबारमात्रै सेयर बजार खुला हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया