इमर्जिङ नेपालको साढे ५५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत


काठमाडौं – इमर्जिङ नेपालको ५५ लाख ५६ हजार कित्ता साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६ सय कित्ता र संस्थापकहरुले लगानी गरेको ५० लाख ४ सय कित्ता आईपीओ शुक्रबार सूचीकृत भएको हो ।

आईपीओमा प्रतिशेयर रु. १०० अंकित मूल्य तोकिएको छ । आईपीओ सूचीकरण सम्बन्धी आजै सम्झौता भएको हो अब आईतबारबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारमा कारोबार शुरु हुने भएको छ । नेप्सेले रु. १०५.११ देखि ३१५.३३ रुपियाँ ओपन रेञ्ज निर्धारण गरेको छ ।

प्रतिक्रिया