आज सलमानको जन्मदिनः उनका १० रोचक तथ्य


मुम्बई(एजेन्सी)–बलिउड अभिनेता सलमान खान आज आफ्नो ५५ औं जन्मदिन मनाउदैछन् । यो मौकामा उनीसँग जोडिएका केही रोचक तथ्य यहाँ प्रस्तुत गरेका छौं । सलमानले बलिउडका धेरै फिल्ममा आफ्नो दमदार अभिनय कला देखाइसकेका छन् । उनले कैयौं सफल फिल्म पनि निर्माण गरेका छन् ।

सलमानको जन्मदिनमा सामान्य परिस्थितिमा उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर फ्यानको भीड लाग्ने गर्दछ । तर कोरोना भाइरसको महामारीका कारण उनले फ्यानलाई आफ्नो घरमा नजान भनेका छन् । सलमानको जन्मदिनमा उनीसँग जोडिएका १० रोचक तथ्य अलिक फरक किसिमका छन् । जुन यहाँ प्रस्तुत गरिएको छ ।

प्रत्येक वर्ष सलमान आफ्नो जन्मदिन आफ्नो फार्महाउस पनवेलमा परिवारका साथ मनाउने गर्दछन् । सलमानलाई जन्मदिनमा केक काट्न मनपर्दैन । त्यहीकारण उनी आफ्नो केक भतिजालाई कटाउन लगाउछन् ।

सोहेल खानका छोरा निर्वाण र अरहान सलमानसँग निकै नजिक छन् । सलमान उनलाई आफ्नो बच्चा जस्तै मान्छन् । निर्वाण बलिउडमा अभिनेता बन्न चाहन्छन् र उनी सलमानसँग निरन्तर सल्लाह र मार्गदर्शन लिइरहन्छन् ।

सलमान आफ्नो आमा सलमा र हेलेनबाहेक कसैले पनि आफूलाई छोएको मनपराउदैनन् । उनी आफ्नो साथीसँग पनि टाढैबाट अंकमाल गर्छन् । सलमानका भाई अरबाज खान र सोहेल खान पनि कहिल्यै उनको नजिक जाँदैनन् । सलमान व्यक्तिगत रुपमा रिजर्भ किसिमका छन् ।

सलमान आफ्नो मित्र र शत्रु जिन्दगीभरका लागि बनाउछन् । कैयौं पटक सलमानका शत्रु उनीसँग दोस्ती बढाउछन् । यसको ताजा उदाहरण हिमेश रेशमिया र सुभाष घई हुन् ।

सलमानको विशेष साथी साजिद नाडियाडवाला र गायक कमाल खान हुन् । उनी निर्देशक अली अब्बास जफरसँग पनि राम्रो मिल्छन् । 

सलमानले मदिरा पिउन छोडिसकेका छन् र उनी ‘दबंग–४’ भूमिका निभाउनका लागि तयार छन् । यो फिल्मलाई अरवाज खान निर्माण गर्दैछन् ।

सफल अभिनेता भए पनि सलमान ३ बेडरुमको अपार्टमेन्टमा बस्छन् । उनी आफ्नो आमाबाबुका साथ बस्छन् । उनी आमाबाबुलाई यति माया गर्छन् कि त्यहीकारण आमाबाबुलाई छोड्दैनन् ।

सलमान कुनै पनि अभिनेत्रीलाई चुम्बन गर्दैनन् न त कुनै फिल्ममा भिलेन नै बनेका छन् ।

सलमान सन् २०२१ मा कटरीनाका साथ नयाँ फिल्म गर्दैछन् । यसबाहेक उनी ‘राधेः मोस्ट वान्टेड भाई’ र ‘अन्तिम’मा देखिँदैछन् ।

सलमानको वर्तमान मनपर्ने अभिनेत्री ज्याकुलिन फर्नान्डिज र कटरीना कैफ हुन् ।

प्रतिक्रिया