प्रचण्ड–माधव समूहले प्रदेशमा विग्रह ल्याउन थालेपछि ‘यस्तो हुन सक्छ ओलीको अर्को कदम’


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादको प्रभाव प्रतिनिधि सभा भंगमा परेपछि यसको चौतर्फी विरोध जारी छन्। तर यो प्रभाव पार्टी हुँदै प्रदेश सरकारमा पनि परेको छ।

शुक्रबार पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए भने आइतबार १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रस्ताव दर्ता भएको छ। पौडेलको विकल्पमा अष्टलक्ष्मी शाक्य र राईको विकल्पमा भीम आचार्यलाई मुख्यमन्त्रीका लागि प्रस्तावित गरिएको छ।

यसले प्रदेशमा झडप तथा अस्थिरता आउन सक्ने निश्चितप्रायः छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा यस्ता गतिविधि र अस्थिरता ल्याए नयाँ कदम उठाउने बताएका थिए। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि यहि प्रकारको सन्देश दिएका छन्। ‘अवस्था बिग्रने अवस्था आए प्रधानमन्त्री ओलीले संवैधानिक कदम चाल्न सक्नुहुन्छ’, उनले भने।

के हो त त्यस्तो कदम? प्रधानमन्त्री ओलीसँग सुरक्षा अवस्थालाई कायम राख्नका लागि मन्त्रिपरिषद बैठक डाकी प्रदेश सरकार खारेजीको सिफारिस गर्न पाउने अधिकार छ। जहाँ, उनले गभर्नर कायम राखेर राष्ट्रपति मार्फत नयाँ निर्वाचनको घोषणा गर्न सक्छन्। उच्च स्रोतका अनुसार नेकपाको आन्तरिक विवादले निम्त्याएको अस्थिरतासँगै मुलुकमा संकटकालको अवस्था पनि आउनेछ। 

प्रतिक्रिया