

युवक हत्या आरोपमा २ जना पक्राउ

काठमाडौं – ३२ वर्षीय युवकको हत्या आरोपमा २ जना पक्राउ परेका छन्।
जुम्लाका ३२ वर्षका मानबहादुर राउतको हत्या आरोपमा बूढानीलकण्ठमा बस्ने २४ वर्षका याकुब चौधरी र १८ वर्षका करण पासवान रहेको काठमाडौं परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
यही फागुन १८ गते काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ प्लटिङ जग्गामा उनको शव फेला परेको थियो।
शरीरमा घाउचोट देखिएकाले प्रहरीले हत्याको आशंका गरेको थियो।

