रेड पाण्डाको छालासहित धरानबाट ३ जना पक्राउ


सुनसरी – धरान उपमहानगरपालिका–१५ श्याम चोकबाट एक थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका–६ का २२ वर्षीय रोजिस राई लगायत छन् ।

उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रेड पाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया