

कच्चा तेलको प्रतिव्यारेल मूल्य ११९ डलर पुग्यो

काठमाडौं – बिहीबार कच्चा तेलको मूल्य तीन प्रतिशतल बढेर प्रति ब्यारेल ११९ डलर नाघेको छ । बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले बढेर ११९ डलर पुगेको हो । त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो ।
रुसले युक्रेनका शहरमा आक्रमण बढाएसँगै कच्चा तेलको मूल्य महँगिएको हो । विश्वमा धेरै तेल निर्यात गर्ने मुलुकमा रुस तेस्रो स्थानमा पर्छ भने धेरै ग्यास निर्यात गर्नेमा दोस्रो ठूलो मुलुक हो ।
विश्वमा १० प्रतिशत तेलको आपूर्ति रुसले नै धानिरहेको छ । रुसले ठूलो परिमाणको तेल हातहतियार उत्पादनका लागि भण्डारण गरेको आरोप अमेरिका, बेलायत, क्यानडा लगायतका मुलुकहरुले लगाउँदै आएका छन् । यद्यपी रुसबाट आपूर्ति हुने ग्यास र तेलमा कुनै बाधा नपुऱ्याउने यी मुलुकहरुले बताउँदै आएका छन् ।

