नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार गर्न नबिलले पायो सैद्धान्तिक सहमति
काठमाडौं – नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार गर्नको लागि नबिल बैंकले सैद्धान्तिक सहमति पाएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले बैंकलाई उक्त सहमति प्रदान गरेको हो ।
राष्ट्र बैंकका अनुसार सैद्धान्तिक सहमति पाएसँगै अबको छ महिनाभित्रमा नबिलले एनबीलाई गाभेर एकीकृतरुपमा कारोबार सञ्चालन गर्नुपर्नेछ । गत पुस २९ गते नबिलले एनबी बैंकलाई प्राप्ति गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।
उक्त समय भएको सम्झौतामा नबिलका तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए । प्राप्तिको लागि एनबीको एक सय कित्ता सेयर बराबर नबिलको ४३ कित्ता सेयर हुनेगरी स्वाप रेसियो कायम गर्ने सहमति भएको थियो ।