कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री बिक्रीमा ल्याएको छ । बैंकले आज फागुन १७ गतेदेखि ४ लाख २४ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको ३ लाख ४६ हजार ११९ कित्ता र एशियन डिष्ट्रिब्युटर्सको नाममा रहेको ७८ हजार ८६३ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुने नसेकेमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

प्रतिक्रिया