सानिमा बैंकद्धारा १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी


सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो ।

सानिमा बैंकका र सिद्धार्थ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र घनश्याम जोशीले संयुक्त रुपमा उक्त रकम दिएका हुन्।

बैंकको दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना, ३ लाख सम्मको ६ जटिल रोगको उपचार, ५० हजार सम्मको औषधी उपचार विमाहरु र १० हजार बराबरको ओपिडि सेवा, ५ हजार सम्मको स्वास्थ परीक्षणको सुविधा रहेको बैंकले  जानकारी दिएको छ।

प्रतिक्रिया