

कामना सेवा विकास बैंकको ३ स्थानमा शाखा सञ्चालन

कठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले ३ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले फागुन १५ गते रुपन्देही देवदह ८ मा, अर्घाखाँची सितगंगा २ मा, सितापुर र लमजुङ मध्यनेपाल ७ रामबजारमा शाखा सञ्चालनामा ल्याएको हो ।
रुपन्देही, सितापुर र लमजुङमा क्रमशः घनश्याम केसी, सचिन बोहोरा र निर्दोश घिमिरेलाई ब्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ। उक्त शाखाहरुबाट बैंकको सम्पुर्ण सुविधाहरु पाईने छ।

