सांग्रिला डेभलपमेन्ट बैंकको ११०औँ शाखा जयनगरमा


काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बर्दियाको जयनगरमा १ सय १० औँ शाखा सञ्चालनमा ल्याएको छ ।

जयनगर (मगरागढी) शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणले सहज बैंकिङ सुविधा पाउने बैंकको विश्वास छ । शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारु र बैंकका अध्यक्ष अच्युत प्रसाद प्रसाईंले गरेका हुन् ।

शाखाबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेको बैंकले जनाएको छ ।

प्रतिक्रिया