अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन


काठमाडौं – अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो ।

पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको हाे । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले फागुन ११ मा उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । पललाई पक्राउ गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनी काठमाडौंमा लुकिछिपी हिँडिरहेका छन् । पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् । उनीमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप छ । घटनास्थल तनहुँ भएको हुनाले नाबालिगका परिवारले तनहुँ जिल्ला प्रहरी कार्यकालमा उनीविरुद्ध जाहेरी दिएका थिए ।

प्रतिक्रिया