

रेखा थापाले गरिन् फेरि बिहे

काठमाडौं – नायिका रेखा थापा वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।
नायिका थापाले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा पुगेर अमेरिका बस्दै आएका बलराम शाहीसँग विवाह गरेको स्रोतले जनाएको छ ।
चारवर्ष अघि निर्माता छवि ओझासँग सम्बन्ध विच्छेद गरेकी थापा र शाहीबीच लामोसमयदेखि प्रेम सम्बन्ध रहँदै आएको जनाइएको छ । उनीहरुले सोही प्रेमलाई विवाहमा परिणत गरेको जनाइएको छ ।
पछिल्लो समय थापा राप्रपाको राजनीतिमा सक्रिय रहेकी छिन् ।
तस्बिरः सेतोपाटी

