सशस्त्र प्रहरीको प्रवक्तामा तिउसीना


काठमाडौं — सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कायममुकायम सशस्त्र प्रहरी बरिष्ठ (एसएसपी) उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिईएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाएपछि तिउसीनालाई जिम्मेवारी दिईएको सशस्त्र प्रहरी हेडक्वार्टरले जनाएको छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी एसएसपी तिउसीनलाई दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया