आजबाट सिनेमा हल खुल्ला हुने, प्रदर्शनमा पुष्पा र चपलीहाइट


काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिए संगै बन्द भएका सिनेमा हल आजबाट वाट खुल्ला हुने भएका छन् ।

जिल्ला प्रशाशन कार्यालयले पागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैबाट सिनेमा हल नियमित सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने छन ।

कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया