कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक


काठमाडौं – हास्यकलाका अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक परेको छ ।

घिमिरेकी आमाको आज शुक्रबार बिहान उपचारका क्रममा निधन भएको कलाकार सुवोध गौतमले जानकारी दिए ।

अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार उपचारत थिइन् ।

अर्जुन घिमिरे कलाकार मात्र नभइ लेखक तथा निर्देशक समेत हुन् । उनलाई भद्रगोल नामक टेलिशृङ्खलाको पाँडे पनि भनेर चिनिन्छ। उनले हिजोआजका कुराबाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन्। उनले पुरानो काम गरिरहेको टेलिशृङ्खला भद्रगोल छोडेर सक्किगो नि नामक टेलिशृङ्खला सुरु गरेका थिए ।

प्रतिक्रिया