बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो


काठमाडौं – ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज(शुक्रबार)बिहान मूर्ति फेला परेको जानकारी दिए ।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करुणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ ।

बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । केही बेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया