बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं – ललितपुरको भैसीपाटीबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका३का ४१ वर्षीय अम्बीका बुढाथोकी रहेका छन्।

उच्च अदालत पाटनले उनीविरुद्ध कार्तिक २३गते बैंकिङ कसुर मुद्दामा ६ दिन कैद र १७ लाख ४२ हजार ८ सय ८७रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।

अदालतको फैसलापछि फरार रहेका बुढाथोकीलाई भैँसीपाटी क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया