काठमाडौं-१७ का वडाध्यक्ष मानन्धर कांग्रेस प्रदेश सभापति चयन


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी प्रदेशसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेको छ । संघीय राजधानी रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर-७ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को नेतृत्व चयन भएको छ ।

भर्खरै सार्वजनिक नतिजा अनुसार नेता प्रकाशमान सिंह निकट नवीन मानन्धर प्रदेश सभापति बन्न सफल भएका छन् । मानन्धर काठमाडौं महानगरपालिका-१७ का वडाध्यक्ष पनि हुन् । उनी सर्वसम्मत सभापति बनेको क्षेत्रीय प्रतिनिधि सुशान्त आचार्यले जानकारी दिएका छन् ।

यस्तै, उपसभापतिमा भवेश्वर घिमिरे र पुरुषोत्तममान महर्जन चयन भएका छन् । दुई सचिवमा शिव बोहरा र बलकृष्ण महर्जन चयन भएका छन् । सहसचिवमा आश्मा शाक्य चयन भएकी छन् ।

प्रतिक्रिया