फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति?


काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४२ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२५ रुपैयाँ तोकिएको छ ।

एलपी ग्यासको मूल्य यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

साथै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी ११६ रुपैयाँ तय गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी १,०९५ कायम गरिएको छ । यसअघि निगमले माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रतिक्रिया