रुसबाट भारत र चीनले बढाए सस्तोमा पेट्रोलियम पदार्थको आपूर्ति


काठमाडाैं – रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारत र चीनले रुसबाट पेट्रोलियम पदार्थकाे आयात बढाएका छन् । यसअघि पनि रुसी तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको चीन र मुख्य आपूर्तिकर्ताको रूपमा रहेको भारतले युद्ध सुरु भएपछि रुसी तेलको आपूर्ति अझै बढाएका इकोनोमिक्स टाइम्सले जनाएको छ ।

अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएपछि रुसले चीन र भारतलाई अझ सस्तोमा पेट्रोलियम पदार्थ दिएको इकाेनाेमिक्स टाइम्स पत्रिकाले दाबी गरेको छ । युद्धका कारण पेट्रोलियम पदार्थको भाउ बढिरहेका बेला अमेरिकाले रुसी तेलमाथि लगाएको प्रतिबन्धले पेट्रोलियम पदार्थको मुख्य आपूर्ति तथा प्रयोगकर्ता चीन र भारतलाई भने राहत मिलेको छ ।

अमेरिका, बेलायत तथा युरोपेली सङ्घको प्रतिबन्धका कारण रुसले धेरै मात्राको तेल बिक्री गर्न असफल हुने आँकलनका बीच चीन र भारतको आयातले रुसलाई पनि राहत मिलेको छ । यसको असरले अमेरिका, युरोपसहितका देशमा भने पेट्रोलियम पदार्थको भाउ बढ्ने इकोनोमिक्स टाइम्सले जनाएको छ । एजेन्सी

प्रतिक्रिया