पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २÷२ रुपैयाँ मूल्य वृद्धि गरेको निगमले जनाएको छ।

मूल्य वृद्धिसँगै अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। ​निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ।

प्रतिक्रिया