पेट्रोलियम पदार्थको मूल्य घटाउन माग


काठमाडौं –  सरकारले पेट्रोलियम पदार्थको मुल्य हप्तामै दुई पटक बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेको छ।

कोरोना कहर र लकडाउनका कारण थलिएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थको मुल्य बढाएर सर्वसाधारणको चुलो चौकोमै प्रहार गरेको अनेरास्वीयूले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

पेट्रोलियम पर्दाथको मूल्यवृद्धिले अन्य क्षेत्रलाई समेत प्रभावित गर्ने भएकाले बढाइएको मूल्यलाई तत्काल घटाउनुपर्ने उनीहरुको माग छ ।

अनेरास्ववियूले मूल्यवृद्धिको विरोधमा फागुण ८ गते विहिबार बिहान ८ः३० बजे देशभरका कलेज अगाडि प्रदर्शन गर्ने र दिउँसो नेपाल आयल निगम घेराउ गर्ने जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया